उपत्यका र सहरभन्दा नगरोन्मुख क्षेत्रमा घरजग्गा कारोबार ’बढ्दै
July 7, July
उपत्यका र सहरभन्दा नगरोन्मुख क्षेत्रमा घरजग्गा कारोबार ’बढ्दै

घरजग्गा कारोबार ’बढ्नुका सम्भावित तीन कारण

नेपालमा घरजग्गाको कारोबार “केही मात्रामा वृद्धि हुन थालेको छ । जग्गाका विषयमा देशभरि भएका सरकारी काम र त्यसबापत उठेको राजस्वको विवरणले कारोबार बढेको देखाएको छ । विशेषगरी नगर तथा नगरोन्मुख क्षेत्रमा यस्तो कारोबार बढेको तथ्यङकले देखाएको छ ।  अहिले कारोबार बढ्नुमा सरकारी नीतिहरूमा आएको खुकुलोपनले भूमिका खेलेको हुनसक्ने ठानिएको छ । केही वर्षदेखि नेपालमा घरजग्गाको कारोबार सुस्त भइरहेकोमा पछिल्लो अवस्थाले सुधारको सङ्केत गरेको कतिपयको भनाइ छ ।

उपत्यका र सहरभन्दा नगरोन्मुख क्षेत्रमा घरजग्गा कारोबार बढ्दै

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार विगत दुई महिनाको कारोबारको तुलना गर्दा पनि त्यसमा केही वृद्धि भइरहेको सङ्केत पाइन्छ । गत वैशाख महिनाको तुलनामा जेठमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको साउनदेखि नै अघिलो वर्षको तुलनामा देशैभरि कारोबार बढ्दो क्रममै देखिएको छ । विभागले सार्वजनिक गरेको विवरण अनुसार गत वैशाख महिनामा कुल १ लाख ४१ हजार ७ सय ८२ वटा घरजग्गासम्बन्धी काम भएका थिए । जेठ महिनामा बढेर कुल १ लाख ७५ हजार ६ सय २० वटा घरजग्गासम्बन्धी कामहरू भएका छन् । कारोबार बढेसँगै घरजग्गासम्बन्धी राजस्व पनि बढेको विवरण विभागले सार्वजनिक गरेको छ । गत वैशाख महिनामा ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको राजस्व उठेकोमा घरजग्गा कारोबारबापत जेठ महिनामा ४ अर्ब ३३ करोड रुपैयाँ बराबरको राजस्व उठेको छ ।

 

PRIVACY POLICY