
घरजग्गा कारोबार गर्न अब लाइसेन्स अनिवार्य
August 31, 2025
काठमाडौं, साउन २८ — नेपाल राष्ट्र बैंक (NRB) ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै घरजग्गा, सेयर बजार, व्यवसाय र कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहन दिने उद्देश्यले थुप्रै सुधार ल्याएको छ।
● नीति दर: ५% बाट घटाएर ४.५%।
● बैंक दर: ६.५% बाट ६%।
● निक्षेप दर: ३% बाट २.७५%।
ब्याजदर घटेसँगै अब बैंकबाट कर्जा लिन सजिलो हुनेछ, कर्जाको लागत कम हुनेछ, र व्यवसाय वा घर किन्ने योजना बनाएका व्यक्तिहरूलाई सहज हुनेछ।
● घर किन्ने कर्जाको सीमा २० लाखबाट बढाएर ३० लाख।
● पहिलोपटक घर किन्नेलाई सम्पत्तिको ८०% सम्म कर्जा लिन पाउने व्यवस्था (पहिले ७०%)।
● जग्गा र सम्पत्ति किन्न पनि अब मूल्यको ७०% सम्म कर्जा लिन सकिने, जुन पहिले ५०% थियो।
● सेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड पुर्याइयो।
● यसले सेयर बजारमा लगानी बढाउने र बजारलाई सक्रिय बनाउने अपेक्षा गरिएको छ।
● अब फाइनान्स कम्पनीहरूले आफ्नै पूँजीको १५ गुणाभन्दा बढी निक्षेप सङ्कलन गर्न पाउने।
● सूक्ष्म वित्त (Microfinance) संस्थाहरूले १५% भन्दा बढी लाभांश दिन सक्ने।
● बैंक तथा वित्तीय संस्थाहरूले अब गैर-बैंकिङ सम्पत्तिबाट पूँजी जुटाउन पाउने छन्, तर २ वर्षभित्र बिक्री गर्नुपर्नेछ।
● नयाँ ‘Asset Management Company’ स्थापना गर्न कानुन निर्माणको प्रक्रिया अघि बढाइनेछ।
● मध्यपहाडी र पोस्टल राजमार्ग क्षेत्रमा रहेको व्यवसायका लागि बेस रेट + २% मा सस्तो कर्जा।
● रु १० लाखसम्मको कृषि वा व्यवसाय कर्जा बैंकहरूले आफै मूल्याङ्कन गरेर दिन सक्ने व्यवस्था।
● विदेश जाने युवाले रु ३ लाखसम्म र महिलाले रु ५ लाखसम्म बिना धितो कर्जा लिन सक्नेछन्।
● यी कर्जा अब ‘वंचित क्षेत्र कर्जा’ अन्तर्गत गनिनेछ, जसले वित्तीय संस्थालाई यस्ता कर्जा दिन हौसला दिन्छ।
‘उधारकर्तासँग राष्ट्र बैंक’ भन्ने नयाँ कार्यक्रम ल्याएर ग्रामीण क्षेत्रमा कर्जा लिनेको गुनासो सुन्ने प्रक्रिया सुरु गरिने छ।
नयाँ मौद्रिक नीति घर बनाउने, सेयर बजारमा लगानी गर्ने, व्यवसाय सुरु गर्ने र कृषिमा सक्रिय हुने सबैका लागि सकारात्मक संकेत हो। ब्याजदर घटेर आर्थिक गतिविधिमा गति आउने, कर्जाको पहुँच बढ्ने, र वित्तीय बजार बलियो हुने अपेक्षा गरिएको छ।
PRIVACY POLICY