नेपाल भूमी रियलस्टेट र प्रतिष्ठित व्यावसायी प्रधानबीच व्यावसायिक भवन व्यवस्थापन सम्झौतामा हस्ताक्षर
October 23, 2024
नेपाल भूमी रियलस्टेट र प्रतिष्ठित व्यावसायी प्रधानबीच व्यावसायिक भवन व्यवस्थापन सम्झौतामा हस्ताक्षर काठमाडौँ – नेपाल भूमी  रयलस्टेट र  प्रतिष्ठित व्यावसायी रत्नकुमार प्रधान बीच व्यावसायिक भवन व्यवस्थापन गर्ने साझेदारी सम्झौता भएको छ ।  काठमाडौँको पहेलोपुल नजिक रहेको भवनमा भएको सम्झौतामा नेपाल भूमी रियलस्टेटको तर्फबाट प्रवन्ध निर्देशक विक्रम लामाले र प्रतिस्ठित व्यावसायी रत्नकुमार प्रधानले सम्झौता पत्रमा हत्ताक्षर गर्नुभएको हो ।  व्यावसाय विस्तार गर्ने उदेश्यका साथ भएको साझेदारीले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न व्यवसाय सञ्चालन गर्न सहजता प्रदान हुनेछ । जसले उक्त क्षेत्रको गरिमालाई मात्र माथि उठाउने नभई, स्थानीय समुदायको आर्थिक विकासमा पनि योगदान पुर्याउन मद्धत पुग्ने नेपाल भूमीका प्रबन्ध निर्देशक विक्रम लामाले बताउनु भयो । नेपाल भूमी एक  मेनेजमेन्ट कम्पनी रहेको र यसले व्यवसायिक भवनहरूको व्यवस्थापन गर्दै आएको जानकारी दिदै लामाले कम्पनीले निकट भविष्यमा व्यवस्थापनलाई नयाँ उचाइमा पुर्याउने योजना रहेको बताउनुभयो ।  सम्झौताले नेपाल भूमी रियलस्टेट र व्यवसायी प्रधानलाईलाई एकीकृत रूपमा व्यावसायिक गतिविधिहरू सञ्चालन गर्नको लागि नयाँ अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ । यस सहकार्यले स्थानीय व्यवसायी र ग्राहकहरूको लागि धेरै फाइदाजनक र दीर्घकालीन आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।।    

PRIVACY POLICY