काठमाडौं महानगरपालिकाभित्रका नदीको दायाँबायाँ २० म...
September 8, 2024
नेपाल भूमि रियल स्टेटले भवन व्यवस्थापन सेवामा नयाँ युगको सुरुवात गरेको छ । नेपालमा नै पहिलोे पटक यस कम्पनीले देशभरका भवन र व्यावसायिक सम्पत्तिहरूको प्रभावकारी व्यवस्थापन गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ । रियल स्टेटको क्षेत्रमा यस नयाँ कार्यको थालनीले भवन र व्यावसायिक सम्पत्तिहरूलाई उच्च स्तरको व्यवस्थापन सेवाहरू प्रदान पर्ने कम्पनिले जनाएको छ । सम्पत्तिको वित्तीय व्यवस्थापन, आपतकालीन योजना, भरपर्दाे सुरक्षा, ग्राहकहरुको समस्या समाधानका लागि प्रभावकारी रुपले सेवा प्रद्धान गर्ने लक्ष्य रहेको छ । नेपाल भूमि व्यवस्थापनमा २५ वर्षको व्यवस्थापन अनुभव भएका विज्ञहरु समावेश छन् जसले रियल स्टेट र व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । व्यवस्थापनका अनुभवी टोलीले आधुनिक प्रविधिहरू र व्यावसायिक ज्ञान प्रयोग गरेर ग्राहकहरूको समस्याहरूको समाधान गर्दै आएको छ । विज्ञहरुको विशेषज्ञता र अनुभवले गर्दा ग्राहकहरूले विश्वसनीय र उच्च गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् । नेपाल भूमि रियल स्टेटको यो नयाँ पहल नेपालमा रियल स्टेट व्यवस्थापनको क्षेत्रमा एक नयाँ मापदण्ड स्थापित गर्नेमात्र होइन, व्यवस्थापनलाई पनि एक नयाँ दिशा दिने उदेश्य रहेको छ । नयाँ सेवाको शुभारम्भसँगै, नेपाल भूमि रियल स्टेटले रियल स्टेट व्यवस्थापन क्षेत्रमा नवीनता र गुणस्तरको नयाँ अध्याय थपेको छ ।।
PRIVACY POLICY