
घरजग्गा कारोबार गर्न अब लाइसेन्स अनिवार्य
August 31, 2025
घरजग्गा कारोबारमा देखिएको अपारदर्शिता र कालो धनको प्रयोगलाई नियन्त्रण गर्न सरकारले नयाँ कडा नियमहरू लागू गरेको छ। सरकारले गरेको यस कदमको उद्देश्य देशलाई फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) को ग्रे लिस्ट बाट हटाउने तथा सम्पत्ति कारोबारमा पारदर्शिता बढाउने हो।
अबदेखि कुनै पनि घर वा जमिन किनबेच गर्दा खरिदकर्ता र बिक्रीकर्ताले आफ्नो बैंक स्टेटमेन्ट अनिवार्य रूपमा मालपोत कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको “सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८२” अनुसार अब लिखत पारित गर्दा नै खरिद बिक्री पक्षबाट बैंक स्टेटमेन्ट संलग्न गर्नुपर्नेछ।
खरिदकर्ताले पठाएको रकम बिक्रीकर्ताको खातामा बैंकिङ माध्यमबाट पुगेको प्रमाणित हुनुपर्नेछ।
घरजग्गा कारोबारमा अबदेखि १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबारमा पूर्ण प्रतिबन्ध लगाइएको छ। सबै प्रकारका लेनदेन अब बैंकिङ माध्यमबाट गर्नुपर्नेछ, जसले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नेछ।
अब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएमा सम्बन्धित मालपोत कार्यालयले अनिवार्य रूपमा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (FIU) मा विवरण पठाउनु पर्नेछ।
खरिदकर्ता र बिक्रीकर्ताले Know Your Customer (KYC) फारम अनिवार्य रूपमा भरी प्रणालीमा अपलोड गर्नुपर्नेछ। यस फारममा नागरिकता, स्थायी ठेगाना, आम्दानीको स्रोत लगायतका विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
मालपोत कार्यालयका कर्मचारीले निर्देशनको उल्लंघन गरेमा कानुनी तथा प्रशासनिक कारबाही हुने व्यवस्था पनि गरिएको छ।
नेपाल हाल FATF को ग्रे लिस्टमा रहेको छ। यो सूचीबाट बाहिरिन सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत आवश्यक कानुनी र संस्थागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
नयाँ निर्देशनमार्फत घरजग्गा कारोबारलाई पारदर्शी बनाउने, कालो धनको प्रयोग रोक्ने, डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने र सरकारको राजस्व संकलनमा वृद्धि गर्ने लक्ष्य राखिएको छ।
नेपाल भूमि घरजग्गा कारोबारमा पारदर्शिता र विश्वास कायम गर्दै आफ्ना ग्राहकहरूलाई सबै प्रकारका प्रक्रिया र नियमहरू बारे जानकारी गराउन प्रतिवद्ध छ।
यदि तपाईं घर वा जग्गा किनबेच गर्ने सोचमा हुनुहुन्छ भने, नयाँ कानुनी व्यवस्था अनुरूप हामी तपाईंलाई सम्पूर्ण प्रक्रिया सहज बनाइदिनेछौं।
सम्पर्क गर्नुहोस् – Nepal Bhoomi, तपाईको सपना हम्रो लाक्ष्य ।
PRIVACY POLICY